१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १२ बुधबार
  • Saturday, 28 September, 2024
वासिंटन डिसी
२o८१ असार १२ बुधबार o९:१o:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

बाइडेन र ट्रम्पबीच पहिलो टेलिभिजन बहस बिहीबार 

Read Time : < 1 मिनेट
वासिंटन डिसी
नयाँ पत्रिका
२o८१ असार १२ बुधबार o९:१o:oo

अमेरिकामा चार वर्षमा हुने राष्ट्रपतीय निर्वाचन आगामी नोभेम्बरमा हुँदै छ । सन् २०२४ को अमेरिकी चुनावमा सन् २०२० कै दुई प्रतिद्वन्द्वी जो बाइडेन र डोनाल्ड ट्रम्पबीच हुने पक्काजस्तै भइसकेको छ । यसैले आगामी बिहीबार यी दुई उम्मेद्वारले टेलिभिजन डिबेटमा भाग लिएर मतदातामाझ आफ्ना अडान स्पष्ट पार्दै छन् । 

यसपटक गर्भपतन, मेक्सिकोतर्फको सीमाबाट बढेको आप्रवासीको आगमन, गाजायुद्ध र युक्रेनयुद्ध प्रमुख चुनावी मुद्दा हुनेछन् । यी मुद्दा बाइडेन र ट्रम्पबीच बिहीबारको बहसमा प्रमुख रूपमा चित्रण हुनेछ । अघिल्लो चुनावमा शीर्ष १० मुद्दा नरहेको गर्भपतनको मुद्दा यसपटक पहिलो नम्बरमा आएको छ । विशेषतः सन् २०२२ जुन २४ कन्जर्भेटिभ न्यायाधीशको बाहुल्य रहेको अमेरिकी सर्वोच्च अदालतले गर्भपतनको अधिकारलाई दिइएको संवैधानिक संरक्षण खोसेपछि यस्तो स्थिति आएको हो । 

अदालतको सो निर्णयले ४९ वर्ष पुरानो ‘रो वी वेड’ मुद्दाले प्रदान गरेको संवैधानिक संरक्षण उल्ट्याएको थियो । सो निर्णयपछि रिपब्लिकन पार्टीको सरकार रहेका केही राज्यले गर्भपतनमाथि प्रतिबन्ध लगाए । गर्भपतनको अधिकारमाथिको संवैधानिक संरक्षण खोसिएपछि अमेरिकी महिला रिपब्लिकन पार्टीसँग आक्रोशित भएको विश्लेषकहरू बताउँछन् । यसलाई बाइडेनको पार्टीले क्यास गर्न खोजिरहेको छ । 

देशभरका डेमोक्य्राटको सरकार रहेका राज्यले गर्भपतनलाई थप सहज बनाएका छन् । यसमार्फत उनीहरू महिला मतदातालाई राष्ट्रपति बाइडेनतर्फ तान्न खोजिरहेका छन् । त्यसबाहेक चुनावअघि मेक्सिकोतर्फको दक्षिणी सिमानाबाट बढेको आप्रवासीको बहाव पनि बिहीबारको बहसमा प्रमुख मुद्दा हुने धेरैले आकलन गरेका छन् ।