मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ १२ आइतबार १६:३९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘देशलाई गरिबी र पछौटेपनबाट मुक्त गर्न प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिनुपर्छ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ १२ आइतबार १६:३९:००

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशलाई गरिबी र पछौटेपनबाट मुक्त गर्न प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिनुपर्ने बताएका छन् ।

आइतबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको काठमाडौंमा आयोजित केन्द्रीय कमिटीको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले देशलाई गरिबी, अभाव र पछौटेपनबाट मुक्त गर्न प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिनुपर्ने बताएका हुन् । 

उनले देशको वर्तमान शिक्षा प्रणालीलाई व्यावहारिक बनाउनुपर्ने बताए । उनले सबै नागरिकहरूलाई सीपको तालिम दिनुपर्नेमा जोड दिए । अध्यक्ष नेपालले अनुशासित र मिहिनेती नागरिक भएका देशहरू मात्रै विकासमा अगाडि बढ्न सकेको उल्लेख गर्दै नेपालमा पनि विकासका लागि असल नागरिक उत्पादन हुनुपर्ने बताए  । 

उनले विद्यार्थी संगठनलाई सबै विश्वविद्यालयहरूमा विस्तार गर्न अनुरोध गरे । अध्यक्ष नेपालले आगामी संघ र प्रदेशको निर्वाचनमा जनमतलाई आफ्नो पक्षमा तान्नका लागि सक्रिय हुन विद्यार्थी नेता, कार्यकर्ताहरूलाई निर्देशन दिए ।