Skip This
नागरिकता विधेयक : राष्ट्रिय सभाले विधायन व्यवस्थापन समितिमा पठायो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १२ आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ भदौ १२ आइतबार १४:१९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नागरिकता विधेयक : राष्ट्रिय सभाले विधायन व्यवस्थापन समितिमा पठायो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ भदौ १२ आइतबार १४:१९:oo

राष्ट्रिय सभाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । राष्ट्रिय सभाको आइतबार बसेको दोस्रो बैठकले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो ।

गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको सो विधेयकलाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव बैठकमा पेस गरेका थिए । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरेका छन् ।

आइतबार नै बसेको राष्ट्रिय सभाको पहिलो बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयालले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी सभासमक्ष गराएका थिए । राष्ट्रपति कार्यालयबाट पुनर्विचारका लागि फिर्ता भएको सो विधेयक भदौ २ गते बिहीबार बसेको प्रतिनिधिसभाको बैठकले यथावत् रूपमा पारित गरेको थियो ।

राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभाका सचिव फुँयालले प्रतिनिधिसभाबाट उत्पत्ति भई सो सभाबाट पारित भएका बिमा विधेयक, २०७५, पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६, सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ सम्बन्धी प्रतिनिधिसभाबाट प्राप्त सन्देशहरू टेबुल गरेका थिए  । 

त्यस्तै, राष्ट्रिय सभाले पारित गरी प्रतिनिधिसभामा पठाइएको सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ लाई प्रतिनिधिसभाले संशोधनसहित फिर्ता पठाएको सन्देश पनि सभासमक्ष टेबुल गरियो । 

त्यसैगरी उनले राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएका शपथसम्बन्धी विधेयक, २०७८, तथ्यांक विधेयक, २०७६,स्ट्यान्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक, २०७६ र प्रत्यायन विधेयक, २०७६ हरूका सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी सभासमक्ष गराएका छन् । 

बैठकले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रस्ताव गरेको योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९ माथि प्रतिनिधिसभाबाट भएको संशोधनउपर विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत पनि गरेको छ । राष्ट्रिय सभाको अर्को बैठक भदौ १६ गते बिहीबार दिउँसो २ः५९ बजे बस्ने गरी बोलाइएको छ ।