मेकअप टिप्स
- मेकअपको सामान भयो भने घरमै बसेर सिम्पल मेकअप गर्न सकिन्छ ।
- सुरुमा फेसवासले मुख धुनुपर्छ । सफा कपडाले मुख पुछ्नुपर्छ । त्यसपछि टोनर लगाउनुपर्छ । मोस्चराइजर क्रिम लगाउनुपर्छ ।
- यसपछि सनस्क्रिन अनिवार्य लगाउनुपर्छ । मेकअपलाई लामो समय टिकाउन प्राइमर लगाउन सकिन्छ । यसपछि आफुलाई मन परेको सेपमा आइब्रो बनाउनुपर्छ । आफ्नो स्किन अनुसारको फाउन्डेसन लगाउनुपर्छ । लगत्तै पाउडर लगाउनुपर्छ । फाउन्डेसन मात्र लगाउँदा अनुहार चिल्लो देखिने हुँदा पाउडर लगाउदा सुख्खा हुन्छ ।
- मेकअप गरेको करिब १० मिनेटपछि अनुहारमा ग्लो आउँछ । घरमै बसेर आइस्याडो लगाउँदा आफुले लगाएको कपडाको रंगअनुसारकै आइस्याडो लगाउन सकिन्छ ।