मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १० शुक्रबार
  • Tuesday, 17 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ भदौ १० शुक्रबार o९:५१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मुलुकमा निर्वाचनको माहोल सुरु भइसक्यो : नेता सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ भदौ १० शुक्रबार o९:५१:oo

कांग्रेस नेता प्रकाशमान सिंहले मुलुकमा निर्वाचनको माहोल सुरु भइसकेको बताएका छन् । आगामी निर्वाचन पनि कांग्रेसकै नेतृत्वको सरकारले गर्न लागेको बताउँदै उनले भने, ‘कांग्रेसको अगुवाइमा हुने निर्वाचन निष्पक्ष हुन्छ ।’ 

अब सरकार र राजनीति दल सबैको ध्यान भयरहित वातावरणमा निष्पक्ष र स्वतन्त्र रूपमा निर्वाचन सम्पन्न गराउनेतर्फ लाग्नुपर्नेमा उनले जाेड दिए ।

‘यसअघिको सरकारले आवश्यक ऐन–कानुन नबनाएकाले अहिले संविधानले दिएका अधिकार चाहियो भनेर प्रदेश र स्थानीय सरकारले बारम्बार आवाज उठाउनुपरेको छ, आन्दोलन गर्नुपर्ने परिस्थिति बनेको छ,’  उनले भने, ‘अब निर्वाचनपछि यी सबै समस्याको समाधान हुन्छ ।’ 

नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको २७औँ स्मृति दिवसको अवसरमा शोभाभगवतीमा आज बिहान आयोजित माल्यार्पण कार्यक्रममा बोल्दै नेता सिंहले उक्त कुरा बताएका हुन् । 

कार्यक्रममा बोल्दै नेता सिंहले स्व. मंगलादेवी सिंहले सुरु गरेको अधिकार प्राप्तिको आन्दोलनको निरन्तरतास्वरूप अहिले सबै क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चितताको व्यवस्था भएको बताए । नेपालको लोकतान्त्रिक आन्दोलनमा मंगलादेवी सिंहले पुर्‍याएको योगदान सधैँ सम्झनुपर्नेमा उनले जोड दिए ।