१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ भदौ १० शुक्रबार ०७:२१:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

लमजुङमा १२.६० मेगावाटको तल्लो न्यादी जलविद्युत् आयोजना निर्माण गरिने 

Read Time : < 1 मिनेट
२०७९ भदौ १० शुक्रबार ०७:२१:००

लमजुङको मर्स्याङ्दी गाउँपलिकाको ङादी खोलामा हव पावर प्रालिले १२.६० मेगावाटको तल्लो न्यादी जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले मर्स्याङ्दी गाउँपालिकाको वडा नम्बर ६ र ७ मा पहिचान भएको आयोजना अघि बढाउन लागेको हो ।

आयोजनाको अध्ययन पूरा भएकाले उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ । यही क्रममा विद्युत् विकास विभागले कम्पनीलाई उत्पादन अनुमतिपत्र दिने तयारी गरिरहेको छ ।

विभागले अनुमतिपत्र जारी गर्नुअघि सूचना प्रकाशन गरेर आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकूल असरबारे सम्बन्धित सरोकारवालासँग राय–सुझाव मागेको छ । सूचना जारी भएको मितिले ३५ दिनभित्र प्राप्त हुने गरी राय–सुझाव पठाउन सरोकारवालासमक्ष आग्रह  गरेको छ । आयोजनाको मुख्य सूचनाहरू खोलाको बायाँ किनारमा रहने गरी डिजाइन तयार पारिएको कम्पनीले जनाएको छ ।

आयोजनाबाट निर्माण सुरु गरेको तीन वर्षमा उत्पादन सुरु गर्ने लक्ष्य कम्पनीको छ । आयोजना पूरा भएपछि वार्षिक ७७.६६८ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ । उत्पादित विद्युत् १३२ केभी लाइनमार्फत चार किलोमिटर दूरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको टारीकुना सबस्टेसनमा जोडिनेछ ।

पानीलाई १८३६.५० मिटर लामो हेडरेस सुरुङ र ४१९ मिटर लामो पेनस्टक पाइपमार्फत सतही विद्युतगृहमा पुर्‍याइनेछ । विद्युतगृहमा जडित तीनवटा टर्वाइनसँग जोडिएको जेनेरेटरमार्फत विद्युत् उत्पादन गरिने कम्पनीले जनाएको छ ।