मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ ९ बिहीबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ ९ बिहीबार २o:५९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

व्यवसायी भन्छन् – महानगरले आतंकित पार्यो, क्षतिपूर्ति चाहियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ ९ बिहीबार २o:५९:oo

उद्योग वाणिज्य संघ काठमाडौंले कर तिरेका व्यवसायीलाई काठमाडौं महानगरले आतंकित पारेको आरोप लगाएको छ । संघको आज बसेको आकस्मिक बैठकले यस्तो आरोप लगाएको हो । 

काठमाडौं महानगरपालिकाले अवैध संरचना र बेसमेन्ट भत्काउन थालेपछि संघको आज आकस्मिक बैठक बसेको थियो । बैठकले महानगरसँग क्षतिपूर्ति माग गर्ने निर्णय गरेको छ । 
बैठकपछि संघका अध्यक्ष श्रेष्ठले जारी गरेको विज्ञप्तिमा महानगर प्रमुख बालेन्द्र साहलाई भेटेरै क्षतिपूर्ति माग्ने निर्णय भएको उल्लेख छ । व्यवसायीहरूको छाता संस्थाले ३५ दिने सूचना जारी गरे पनि महानगरले व्यक्तिलाई जानकारी नदिएको दाबी गरेको छ । 
विज्ञप्तिमा भनिएको छ, ‘राज्यको ऐन कानुन तथा स्थानीय सरकारको नियम तथा अनुमतिबमोजिम घरधनी र व्यवसायीबीच सम्झौता गरी सञ्चालन हुँदै गरेका उद्योगी व्यवसायीहरूलाई सार्वजनिक सूचनाको भरमा नक्सा पासबमोजिम घर बनेको पाइएन भन्दै जबर्जस्ती डोजर लगाई साना व्यवसायीलाई पूर्ण रूपमा विस्थापित हुने गरी बन्द गराउने कार्य हुँदै गरेकोमा गम्भीर ध्यानाकर्षण भएको छ ।’ 
विज्ञप्तिमा तीन वर्षदेखि कोरोना महामारीबाट थलिएर भर्खरै ब्युतिन खोज्दै गरेका व्यवसायीलाई मर्माहत बनाउन खोजिएको, चाडपर्वलाई लक्षित गरी तयारीमा रहेका व्यवसायीहरूलाई एकाएक व्यवसाय बन्द गर्नुपर्ने अवस्था सिर्जना गरिएको भन्दै भत्र्सना गरिएको छ । 

संघले डोजर लगाउने काम तत्काल बन्द गरी उचित समाधान खोज्न, वास्तविक दोषीलाई कानुनी कठघरामा ल्याई कानुनबमोजिम कारबाही गरी व्यवसायीलाई क्षतिपूर्तिको व्यवस्था गर्न तथा नयाँ स्थानमा पुनःस्थापित गर्न समयसीमा उपलब्ध गराउन अपिल गरिएको छ ।