१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ ९ बिहीबार
  • Friday, 05 July, 2024
तस्बिर : अमुल थापा
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ ९ बिहीबार १२:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बानेश्वर क्षेत्रको अनुगमनमा बालेन, अवैध संरचना हटाउन चेतावनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ ९ बिहीबार १२:३९:oo

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सहितको टोली अनुगमनका लागि बानेश्वर र शंखमूल क्षेत्र पुगेको छ। अनधिकृत संरचना हटाउने क्रममा अनुगमनका लागि उनी बिहीबार बानेश्वर र शंखमूल क्षेत्र पुगेका हुन्।

अनुगमनका क्रममा मेयर साहले आज बेलुकीसम्म अनधिकृत संरचना हटाउन निर्देशन दिएका छन्। बानेश्वरको अल्फाबिटा कम्प्लेक्सलाई बेसमेन्टमा सञ्चालन गरेको व्यवसायहरू हटाउन चेतावनी दिए। अल्फाबिटाका प्रतिनिधिसँग भनाभन भएपछि उनले भवनको नक्सा देखाउन निर्देशन दिएका छन्।

अनधिकृत रूपमा बनेका संरचनाका कारण पार्किङमा समस्या आउनुका साथै पैदलयात्रीले सास्ती भोग्नुपरेको गुनासो गरेपछि महानगरले अनधिकृत संरचना हटाउन थालेको छ। सोहीक्रममा महानगरले बुधबार सुन्धारास्थित काठमाडौं मल र न्युरोडस्थित आरबी कम्प्लेक्समा बनाइएका अनधिकृत संरचनामा डोजर लगाएको थियो।

एउटा प्रयोजनका लागि बनाइएको संरचनामा अरू नै व्यवसाय गरेपछि महानगरले ३५ दिने सूचना निकालेको थियो। सो अवधिमा पनि अटेरी गरेपछि मेयर साह आफैँ त्यस्ता संरचना हटाउन अघि सरेका छन्।

ad
ad
ad
ad