मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ भदौ ८ बुधबार
  • Friday, 11 July, 2025
२o७९ भदौ ८ बुधबार १९:२९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लुटपाटपछि सडकमा हिँडिरहेका मानिसलाई गोली हान्‍ने २ जना पक्राउ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ ८ बुधबार १९:२९:oo

रुपन्देहीको बेलहिया बाइपासमा लुटपाट गरी मोटरसाइकल लिई गोली हानेर फरार भएका २ जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ। साउन २९ गते रोहिणी गाउँपालिका वडा नम्बर १ मा बेलहिया बाइपास सडकमा रहेको न्यू सिद्धार्थ रेस्टुरेन्टमा लुटपाट गरी स्थानीय विकास गुरुङमाथि गोली प्रहार गरेको आरोपमा प्रहरीले रुपन्देही जिल्ला मायादेवी गाउँपालिका वडा नम्बर ७ महुबारी बस्ने ३२ वर्षीय पवनराज भर र सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ दोगहरा बस्ने २१ वर्षीय मोहम्मद अरसद मुसलमान (काजु) लाई पक्राउ गरेको रुपन्देही प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।

घटनामै संलग्न सुटर कृष्ण भुज भने फरार रहेको रेग्मीले बताए। प्रहरीले पक्राउ परेका भरबाट ७६ दशमलव एस ७ आरएमओ मेड इन युएसए नम्बर ७११११ लेखेको अटोमेटिक पेस्तोलसमेत बरामद गरेको पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। यस्तै, चोरी भएको मोबाइल फोनसमेत बरामद भएको प्रहरीको भनाइ छ।

घटना विवरणअनुसार साउन २९ गते राति करिब पौने ११ बजे रोहिणी गाउँपालिका वडा नम्बर १ मा रहेको न्यू सिद्धार्थ रेन्टुरेन्टमा पसेर ३ जनाको समूहले हतियार देखाई नगद, सुनका गरगहना र मोबाइलसमेत लुटपाट गरी बाइपास हुँदै धकधईतर्फ भाग्दै गरेको अवस्थामा मोटरसाइकलमा यात्रा गरिरहेका गुरुङलाई गोली हानी फरार भएका थिए। 

सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बस्ने २८ वर्षीय विकास गुरुङले उनीहरूको गतिविधि शंकास्पद रहेकाले लुटेराहरूको पिछा गर्दै उनीहरूलाई रोक्न खोजेको प्रहरीको प्रारम्भिक भनाइ छ। सोही क्रममा एकै मोटरसाइकलमा सवार ३ जनामध्ये बीचमा बसेका कृष्ण भुजलले गुरुङमाथि गोली प्रहार गरेको एसपी रवीन्द्र रेग्मीले बताए।

घाइते गुरुङको  भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको छ। गुरुङको अवस्था सामान्य छ। इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक जितेन्द्र श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेदबहादुर पौडेल र वडा प्रहरी कार्यालय भैरहवाका प्रहरी निरीक्षक मधु नेपालको टोलीले घटनाको अनुसन्धान गरी २ जना अभियुक्तहरूलाई पक्राउ गरी सार्वजनिक गरेको हो।