१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
ओसाकाको निःशुल्क एन्टिजेन्ट परीक्षणस्थलमा लामबद्ध जापानी । तस्बिर : क्योदो
२०७९ भदौ ८ बुधबार ०७:५६:००
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

जापानमा कोरोनाका कारण एकै दिन तीन सय ४३ को मृत्यु 

Read Time : < 1 मिनेट
२०७९ भदौ ८ बुधबार ०७:५६:००

जापानमा कोरोना भाइरसका कारण एक दिनमा ३३ को मृत्यु भएको छ । जापानमा अहिले चलिरहेको कोरोना भाइरसको सातौँ लहरका क्रममा दैनिक मृत्यु हुनेहरूको संख्या दिनदिनै बढिरहेको छ । दुई दिनअघि कोरोना भाइरसबाट जापानमा तीन सय २७ को मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको थियो ।  

  दैनिक संक्रमितको संख्या पनि पछिल्लो समय अत्यधिक देखिँदै गएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा दुई लाख १७ हजार आठ सय पाँच नयाँ संक्रमित थपिएका छन् । 

कोरोना भाइरसबाट संक्रमित र मृतकको संख्या बढ्दै जान थालेपछि सरकारले कतिपय गतिविधिमा पुनः कडाइ गर्न थालेको छ । मास्क, स्यानिटाइजरको प्रयोग, सामाजिक दूरीजस्ता उपायमा ख्याल गर्न त्यहाँका स्वास्थ्यकर्मीले अनुरोध गरेका छन् ।