१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ ७ मंगलबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ भदौ ७ मंगलबार ११:३३:oo
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

जिम जानुअघि  के गर्ने, के नगर्ने ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ भदौ ७ मंगलबार ११:३३:oo

शरीरलाई आकर्षक देखाउन जिम सेन्टर जानेहरूको संख्या बढ्दो छ । जिममा गएर बढी तौल उचालेर मात्रै शरीरमा ‘सिक्स प्याक’ देखा पर्छ भन्ने भ्रम धेरैमा हुन्छन् । तर, जिम सेन्टर जानुअघि हामी आफ्नो शरीरबारे जानकार हुन आवश्यक छ । 

आवश्यक परामर्श लिनुस् 
दुब्ला र मोटा व्यक्तिले जिम जानुअघि फिटनेस कोचसँग कति तौल बढाउने र शारीरिक अभ्यास गर्ने भनेर सल्लाह लिनुपर्छ । जिममा थोरै मिहिनेत गरेर पनि आफ्नो शरीर आकर्षक बनाउन सकिन्छ । हाम्रोमा दुब्लो मान्छेले जिम जानुहुँदैन भन्ने पनि छ । तर, दुब्लो मान्छेको पनि आकर्षक शरीर बन्छ । मानिस मोटा र शरीरमा बोसोको मात्रा बढी भएका हुन्छन् । उनीहरूले तौल पहिला नै बढी हुने भएकाले तौल बढाउनुपर्दैन । मोटो मानिसले आकर्षक शरीर बनाउन दुब्लोको दाँजोमा धेरै मिहिनेत गर्नुपर्ने हुन्छ । 

जिम जानुअघि ‘हेल्थ चेकअप’ जिम सेन्टर जाँदा राम्रो हुन्छ । किनभने, कतिपयमा ब्याकपेनको समस्या हुन्छ । त्यस्ता मानिसले जिम गर्न मिल्छ वा मिल्दैन भन्ने कुरा डाक्टरलाई मात्रै थाहा हुन्छ । कुनै अप्रेसन गरेको छ भने पनि डाक्टरलाई सोधेर मात्र जिम सेन्टर जानुपर्छ । 

यस्तो खानपान आवश्यक 
जिम गर्नुअघि प्रि–वर्कआउट गर्नुपर्छ । त्यसभित्र खानेकुरा पनि समावेश गरिएको हुन्छ । वर्कआउटअघि खानेकुरा खानुपर्छ । कार्बाेहाइड्रेटयुक्त खानेकुरा खानुपर्छ । एक्सरसाइजमा ध्यान केन्द्रित गर्न ब्ल्याक कफी खानुपर्छ । त्यस्ता खाना शरीरमा गएर ग्लुकोजको रूपमा कन्भर्ट हुन्छ । हाम्रो बोनमा ग्लुकोजको मात्रा बढेपछि मात्रै फलाम उचाल्न सकिन्छ । 

त्यस्तै, कफी खानुपर्छ । कफीले कतिपय मान्छेलाई निद्रा नलाग्ने पनि हुन्छ । अलि कम गरेर खाँदा अझ राम्रो हुन्छ । चिनी नहाली नर्मल कफी खानुपर्छ । ब्राउन ब्रेड, ओट्स खाएर जिम गर्‍यो भने एक–दुई घन्टा एक्सरसाइज गर्न सकिन्छ । आफ्नो शरीरको अवस्था, उमेर, उचाइबारे पर्याप्त जानकारी लिन आवश्यक छ । दक्ष फिटनेस कोचविना जति नै धेरै तौल उचाले पनि शरीर राम्रो बन्न सक्दैन ।

आठ घन्टा सुत्नुस् 
जिम सेन्टर गएपछि आफ्नो जीवनशैलीलाई पनि ध्यान दिन आवश्यक पर्छ । तपाईंले कम्तीमा आठ घन्टा सुत्नैपर्छ । ज्यानलाई आराम चाहिन्छ, ज्यानलाई आराम भएन भने शरीरको विकास हुन पाउँदैन । 

सुगरका रोगी पनि जिम सेन्टर गयो भने ‘मेन्टेन’ हुन्छ । प्रेसर हाई भएका व्यक्ति पनि जिम सेन्टर जाँदा राम्रो हुन्छ । जिम सेन्टर गएपछि तौल उचाल्नैपर्छ भन्ने हुँदैन । एक्सरसाइजका किसिम हुन्छन्, त्यहीअनुसार गर्दा राम्रो हुन्छ ।