मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ ७ मंगलबार
  • Thursday, 19 December, 2024
२o७९ भदौ ७ मंगलबार o८:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काभ्रेमा फेला परेको बम सेनाद्वारा डिस्पोज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ ७ मंगलबार o८:५७:oo

काभ्रेमा फेला परेको बम नेपाली सेना कालीजंग गण धुलिखेलले डिस्पोज गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार धुलिखेल नगरपालिका– ९ स्थित बिपी राजमार्गमा बम फेला पारेको हो ।

मानिसहरूलाई आतंकित पार्ने उद्देश्यले खतरा लेखिएको प्रेसरकुकर  बम राजमार्गमा फेला परेकाे प्रहरी नायव उपरीक्षक न्यौपानेले जानकारी दिए । स्थानीयहरूले बिहान ४ बजे नै बम रहेको सूचना दिएपछि नेपाली सेनाको टोलीले उक्त बम डिस्पोज गरेको हाे । बम डिस्पोजपछि राजमार्ग सुचारु भएको छ । 

बम रहेको स्थानमा कुनै पर्चा नभएकोले नेपाल बन्दकर्ताहरूले नै साे बम सडकमा राखेको हुन सक्ने प्रहरी नायव उपरीक्षक न्यौपानेले जानकारी दिए । 

काभ्रेमा नेपाल बन्दको प्रभाव न्यून
नेत्रविक्रम चन्द (विप्लव) समूहको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव काभ्रेमा न्यून मात्र परेको छ । यहाँ लोकल यातायातहरू निर्वाद सञ्चालन भइरहेका छन् ।  लामो दूरीका यातायातका साधन भने चलेका छैनन्।