१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ ४ शनिबार ०८:३४:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

 फस्टाउँदै होमस्टे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ ४ शनिबार ०८:३४:००

होमस्टे सञ्चालकहरू अधिकांश कृषक रहेका छन् । सबै होमस्टेहरूमा बाटो, बिजुली, खानेपानी सबैको व्यवस्था छ । कोरोनाका कारण नेपालमा भएका होमस्टेहरू ‘पज’ अवस्थामा थिए । स्वास्थ्य सतर्कतासहित अहिले स्वास्थ्य मापदण्ड पूरा गर्दै सञ्चालनमा रहेका छन् ।

कृष्ण चौधरी महासचिव होमस्टे महासंघ

अहिले पाहुनाको संख्या पनि दिनप्रतिदिन बढ्दै छ, लयमा फर्कँदै छ । होमस्टेमा आउने पाहुनाका लागि कुनै अफ सिजन हुने, कुनै वेला पाहुना धेरै आउने भन्ने हुन्न । वर्षात्को समयमा पनि होमस्टेमा पाहुना आउन खोज्नुभयो भने त्यहाँको वातावरण, दृश्य, परम्परा र खानाका परिकारको मज्जा लिन पाउनुहुन्छ । त्यसैले होमस्टेमा बाह्रै महिना, तीन सय ६५ दिनमा फरक–फरक खालका अनुभूतिहरू पाइन्छ । 

विभिन्न समुदायमा सञ्चालन भएका होमस्टेका आ–आफ्नै परम्परा, संस्कृति र खानपान छन् । त्यस्तै, गाउँघरमा आयोजना हुने मेला, पर्व र विभिन्न जात्राहरूले पनि पर्यटकलाई आकर्षित गरिरहेका छन् । 

होमस्टे महासंघमार्फत देशभर भएका होमस्टेलाई ब्रान्डिङ गर्दै लैजाने, ती होमस्टेहरूमा पाहुनाको भ्रमणका लागि क्षमता विकास गर्ने, प्रचारप्रसार गर्ने, डिजिटल मार्केटिङ गर्नेलगायतका अभियान चलाइरहेका छौँ । सोसल मिडियामा होमस्टेहरूको विवरण अपडेट गर्ने, जानकारी दिनेलगायत काम पनि गर्दै आएका छौं ।