Skip This
काठमाडाैंकाे फोहोर उठाउन नसक्नु लज्जास्पद : महामन्त्री शर्मा 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ ३ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ भदौ ३ शुक्रबार १८:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडाैंकाे फोहोर उठाउन नसक्नु लज्जास्पद : महामन्त्री शर्मा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ भदौ ३ शुक्रबार १८:१८:oo

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद भएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘कमरेडको जनै’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै महामन्त्री शर्माले तीन तहको सरकार हुँदा पनि काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद भएको बताएका हुन् । उनले यस्तो लज्जित अवस्थाको अन्त्य गर्नुपर्ने पनि बताए । 

‘शासनहरु बदलिन्छन् । राजसंस्थाबाट हामी गणतन्त्रमा पुग्छौँ । यो दलको शासनबाट त्यो दलको शासनमा पुग्छौँ । दलहरुबाट फेरि स्वतन्त्रमा पनि पुग्छौँ । स्वतन्त्रहरु कहीँ जिम्मेवारीमा । कहीँ दलहरु जिम्मेवारीमा । तिन तहको सरकार हुँदै गर्दा पनि बिहान र साँझको गरेर दुई खेपको फोहोर उठाउन नसक्ने अवस्था भनेको लज्जास्पद कुरा हो’, उनले भने, ‘मैले अपील गर्नैपर्छ, भन्नैपर्छ, विहान एक छाकको साँझ एक छाकको गरेर दुई छाककोसम्म फोहोर उठाउन तीन÷तीन तहको सरकारले नसक्ने खालको लज्जित अवस्थाबाट यसलाई अन्त्य गर्नुपर्छ ।’

फोहोर समस्याको दीर्घकालिन समाधानका लागि सबै राजनीतिक दलहरुले साझा ढंगले सोच्नुपर्ने उनको धारणा थियो । महामन्त्री शर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई साथ दिनुपर्ने र बञ्चरेडाँडाँका नागरिकहरुको मागको पनि राज्यले सम्बोधन गर्नुपर्ने बताए । 

‘निर्वाचित भएका महानगरका मेयर बालेनलाई सम्पूर्ण रुपले साथ दिएर बल पु¥याउने कुरा, अनि त्यहाँ बञ्चरेडाँडाँका नागरिकले मागेका सामान्य कुराहरुलाई राज्यले नसुन्नुपर्ने, हामी दलहरुले नबुझ्नुपर्ने, तिन तहको सरकारले सम्बोधन गर्न नपर्ने भन्ने होइन’, महामन्त्री शर्माले भने, ‘एकाइसौं शताब्दीमा आँगनको फोहोर कसरी सफा गर्ने भन्ने विषय होइन । एकाइसौं शताब्दीमा यो विषयलाई सम्बोधन गर्नलाई हामी जुन तहबाट कमजोरी भइरहेको छ, केन्द्र, प्रदेश चाहे स्थानिय तहबाट यस्तो विषयलाई सम्बोधन गर्नुपर्छ ।’