मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २ बिहीबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ भदौ २ बिहीबार o८:२o:oo
Read Time : < 1 मिनेट
अर्थ

सेयर टिप्स : दोस्रो बजारमा प्रवेश गरेका नयाँ लगानीकर्ताले ठूलो पुँजी एकैपटक लगानी गर्नुहुँदैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ भदौ २ बिहीबार o८:२o:oo

नेपालमा पछिल्लो समय सेयर बजारमा लगानीकर्ताको आकर्षण बढ्दो छ । हालसम्म करिब ५३ लाख व्यक्तिले डिम्याट खाता खोलेका छन् । सेयरमा नयाँ लगानीकर्ता आउने क्रम बढ्दो अवस्थामा छ । नयाँ लगानीकर्ताले सेयर बजारमा लगानी गर्नुअघि यस्ता विषयमा ध्यान दिनुपर्छ :

– नयाँ प्रवेश गर्ने लगानीकर्ताले  सेयर बजारमा प्रवेश गर्नुअघि नै सेयर बजार के हो, कसरी कारोबार हुन्छ भन्ने सामान्य कुराहरूको जानकारी लिनुपर्छ । आधारभूत ज्ञान हासिल गरेपछि मात्रै डिम्याट खाता खोल्नुपर्छ ।

–  डिम्याट खाता, मेरो सेयर, ब्रोकर  खाताको सम्पूर्ण पक्रिया पूरा गर्नेबित्तिकै दोस्रो बजारमा होमिनु हुँदैन । किनभने, दोस्रो बजारको सम्पूर्ण पक्रियाबारे थाहा पाइसकेपछि मात्रै आफूले छनोट गरेको कम्पनीको वित्तीय अवस्था, लाभांश अवस्था, कम्पनीको पृष्ठभूमिलाई राम्रोसँग अध्ययन गरेर दोस्रो बजारमा प्रवेश गर्नुपर्छ ।

–  दोस्रो बजारमा प्रवेश गरेका नयाँ लगानीकर्ताले ठूलो पुँजीमा एकैपटक लगानी गर्नु हुँदैन । ठूलो पुँजीमा सुरुमै लगानी गर्दा लगानीकर्तालाई मनोवैज्ञानिक दबाबदेखि अन्य समस्या आउँछन्  ।त्यसैले बजारको बिस्तारै बुझाइसँगै लगानीको मात्रा पनि बढाउँदै  जानु उपयुक्त हुन्छ ।

 – नयाँ लगानीकर्ताले बजारमा आएको घटबढमा आत्तिनु हुँदैन । बजारको टे«न्ड भनेको घटबढ भइरहने पक्रिया हो भन्ने बुझ्नुपर्छ र धैर्य राख्न सक्नुपर्छ ।