मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ २ बिहीबार ०६:३४:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

डाक्टरको सुझाव : डेंगुबाट बच्न के गर्ने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ २ बिहीबार ०६:३४:००
सतिश विष्ट प्रमुख, जिल्ला स्वास्थ्य कार्यालय, ललितपुर

गर्मी र अधिक वर्षात् हुने अहिलेको समयमा जताततै हिलो हुन्छ । साथै, अत्यधिक मात्रामा भुसुना र लामखुट्टेको वृद्धि हुने गर्छ । त्यसमाथि पनि आफू बस्ने स्थानवरपर झाडी, फोहरमैला, पानी तथा हिलो जम्मा हुने ठाउँ छ भने यो समयमा लामखुट्टेले धेरै सताउने गर्छ । अझै साँझ परेपछि बस्न निकै मुस्किल हुने गर्छ । एडिस जातिका लामखुट्टेको टोकाइबाट संक्रमण भएर फैलने भाइरल ज्वरोमध्ये एक डेंगु हो । 

कस्तो अवस्थामा फैलन्छ डेंगु ?
यो खासगरी पानी जमेको ठाउँमा भेटिने लामखुट्टे र लार्भाको टोकाइबाट सर्छ । पानीभित्र लामखुट्टेले लार्भा जन्माउँछ । पानी जमेको ठाउँमा बसेको लामखुट्टेको टोकाइबाट सर्ने भएकाले घरवरपर पानी जम्न नदिने, सरसफाइ गर्ने र कुनै भाँडामा पानी भरेर खुला राख्नु हुँदैन । 

कस्ता लक्षण देखिए डराउने ?
डेंगु लागेपछि लक्षणका आधारमा निको वा गम्भीर हुन सक्छ । सामान्य लक्षण देखिए घरमै बस्दा हुन्छ । तर, गम्भीर लक्षण देखिएमा तुरुन्त अस्पताल जानुपर्छ । लामखुट्टेको टोकाइबाट डेंगु लागेपछि उच्च ज्वरो आउने गर्दछ । बेस्सरी टाउको दुख्ने, आँखाको गेडी दुख्ने, हाडजोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिबिरा आउने, रिंगटा लाग्ने, बान्ता हुनेलगायतका लक्षण डेंगुका हुन् । यी लक्षण देखिएर सामान्य दुखाइ छ भने घरमै उपचार गर्न सकिन्छ । तर, अहिले यी लक्षण देखिएर अस्पताल आउनेको संख्या बढेको छ । 

बच्ने उपाय
डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । त्यसका लागि घरवरिपरिको सरसफाइमा ध्यान दिनुपर्छ, जसकारण लामखुट्टे आउन नपाओस् । पानी जम्ने ठाउँ र खाल्डाखुल्डी पुर्ने गर्नुपर्छ । सुत्दा झुल लगाएर मात्रै सुत्ने, शरीर ढाक्ने कपडा लगाउने तथा घरभित्र लामखुट्टे छिर्न नदिन झ्यालढोकामा जाली लगाउनु उपयुक्त हुन्छ ।