१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ १ बुधबार ११:२५:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

फेसन : कम्फर्टेबल कपडा यसरी छान्नुस् 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ १ बुधबार ११:२५:००

खर्चिलो ड्रेसभन्दा पनि कुन कपडामा तपाईंलाई सजिलो लाग्छ, त्यही नै कपडा छनोट गर्नुस् भन्छु

बेनिशा हमाल, अभिनेत्री

मलाई गर्मी मन पर्छ । गर्मीमा शरीर पनि कम्फर्ट भएको फिल हुन्छ । प्रायः घरमा बस्दा होस् या काम निस्कँदा, आफूलाई सहज हुने ड्रेस लगाउँछु । प्रायः कलफुल ड्रेसहरू नै मन पर्छ । रातो, सेतो र पहेँलो रङको ड्रेस ज्यादा मन पर्छ । मलाई जिन्स र ह्वाइट टिसर्टचाहिँ कहिल्यै पुरानो लाग्दैन । त्यो आउट अफ फेसन पनि हुँदैन । 

म प्रायः फेसन ब्लग हेर्ने गर्छु । र, प्रायः इन्स्टाग्राम फेसन साइट फलो गरिरहेको हुन्छु । पछिल्लो समय हरेक मान्छेलाई फेसनप्रति सचेत गराएको छ । नेतृत्व विकासका लागि पनि सहयोग पुर्‍याएको छ । यद्यपि, खर्चिलो ड्रेसभन्दा पनि कुन कपडामा तपाईंलाई सजिलो लाग्छ, त्यही नै कपडा छनोट गर्नुस् भन्छु । 

सबैको शारीरिक बनावट पनि फरक हुन्छ । त्यसैले आफूलाई अरूजस्तो बनाउनुभन्दा पनि आफ्नोे स्टाइल सिर्जना गर्नुस् । आफूलाई के कुरा सुहाउँछ भन्ने ख्याल गर्नुस् ।