१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ३१ मंगलबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण ३१ मंगलबार १२:२४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नागरिकताको अपमानजनक नाम सच्याउन जाँदा थप अपमान, दैलेखका प्रजिअलाई कारबाही गर्न सांसदको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण ३१ मंगलबार १२:२४:oo

नेपाली कांग्रेसकी सांसद लक्ष्मी परियारले दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेललाई कारबाही गर्न सरकारसँग माग गरेकी छlन्। गृह मन्त्रालयको निर्देशनअनुसार नागरिकतामा नाम सच्याउन पुगेका कर्णबहादुर कामीमाथि जातीय विभेदलाई प्रश्रय दिने गरी अपमानपूर्ण व्यवहार गरेको भन्दै उनले प्रजिअ प्याकुरेलमाथि तत्काल कारबाही गर्न माग गरेकी हुन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कानुनभन्दा आफूलाई माथि राखी दलितमाथि दुर्व्यवहार गर्ने प्याकुरेलले गृह मन्त्रालयको निर्देशनलाई समेत पालना नगरेर जातीय दम्भ देखाएको भन्दै आक्रोश व्यक्त गरिन्।

‘दशकौँदेखि नामले अपमानित भई काला पहाड जान बाध्य पारिएका कुकुरे कामीले कविराम नाम राखी नागरिकता प्रतिलिपि पाऊँ भनी प्रशासनमा प्रक्रिया पुर्‍याई यही साउन २४ गते निवेदन दिएको आज हप्ता दिनभन्दा बेसी भयो। तर, अझै प्रतिलिपि पाएका छैनन् । यही २९ गते आवश्यक प्रक्रिया पुर्‍याई ठगे कार्मीको सट्टा वास्तविक नाम कर्णबहादुर कामी लेखी नागरिकता प्रमाणपत्र प्रतिलिपि पाऊँ भनी दैलेख जिल्ला प्रशासन कार्यालय जाँदा त्यहाँका प्रमुख जिल्ला अधिकारीले उल्टो उनलाई अपमान, दुर्व्यवहार गरी उनको निवेदन च्यातिदिनुका साथै भरेको नागरिकता फारम काम नलाग्ने गरी डटपेनले केरमेट गरेर पठाएका छन्,’ उनले भनिन्।

अपमानजनक शब्द प्रयोग गरी जारी गरिएका नागरिकता सच्याउन गृह मन्त्रालयले दिएको निर्देशनसमेत नमानेको भन्दै सांसद परियारले आपत्ति जनाइन्।