मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण ३१ मंगलबार १०:१८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रचण्ड र बाबुराम संयुक्त दल दर्ताका लागि निर्वाचन आयोग जाँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण ३१ मंगलबार १०:१८:००

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका दल दर्ताका लागि दिएको समयावधि मंगलबार सकिँदै छ । आयोगले साउन २२ देखि ३१ गतेसम्मका लागि दल दर्ताको समय दिएको थियो । यस समयभित्र कतिपय दल दर्ता भइसकेका छन् भने बाँकी दल आजसम्म दर्ता हुनेछन् ।

आज नै नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)लगायतका दल दर्ता हुने कार्यक्रम छ । आज नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीका द्वय अध्यक्ष पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराई संयुक्त दल दर्ताका लागि निर्वाचन आयोग जाने कार्यक्रम छ । निर्वाचन आयोगले दुई वा दुईभन्दा बढी दल एउटै चुनाव चिह्नबाट लड्न चाहेमा मंगलबारसम्म दल दर्ता गर्ने समय दिएको थियो ।