मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण ३१ मंगलबार ०९:०४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

धेरै सिट जित्नु कांग्रेसको एक मात्र रणनीति : देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण ३१ मंगलबार ०९:०४:००

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँटमा लचकताको सम्भावना देखाएका छन् । उनले धेरै सिटमा लड्नेभन्दा पनि धेरै सिट जित्ने कांग्रेसको रणनीति रहने बताएर गठबन्धनबीच सिट बाँडफाँटमा लचकता देखाउने संकेत गरेका छन् । 

सोमबार ललितपुरमा आयोजित कांग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रममा प्रधानमन्त्री देउवाले गठबन्धनकै बलमा स्थानीय निर्वाचनमा ठूलो पार्टी भएको र अबको निर्वाचनमा पनि ठूलो दल हुने बताए ।

‘०७४ सालमा हामी एक्लै चुनाव लड्नुपर्ने स्थिति थियो । हाम्राविरुद्ध विपक्षी गठबन्धन बनेपछि हामीले पराजय व्यहोर्नुपर्‍यो। गठबन्धनकै कारण स्थानीय तह निर्वाचनमा सफलता हासिल गर्न सक्याैँ। फेरि गठबन्धन गरेर जानका लागि छलफल गरिरहेका छौँ,’ उनले भने, ‘जनताको समर्थन र सहयोगमा निर्वाचन जित्नुपर्नेछ । त्यो लिन सकेको अवस्थामा हाम्रो पार्टी पनि जनतामाझ बलियो हुनेछ । गठबन्धन गर्ने निर्णय भइसकेको छ । छलफलबाट सिटको भागबन्डाको विषयको निष्कर्षमा पुग्नेछौँ। हामीले बढी सिटमा उम्मेदवारी दिनेभन्दा पनि बढी सिट जित्नु ठूलो हो । साथीहरूले यो बुझ्नुपर्छ ।’

देउवाले निर्वाचनमा पार्टीभित्र काखापाखा र भेदभाव गर्ने नीति नरहने बताए । उनले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न र नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउन पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको भूमिका महŒवपूर्ण हुनेमा जोड दिए । प्रशिक्षण मंगलबार पनि जारी रहनेछ । कांग्रेसबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख तथा स्थानीय तहका प्रमुख र उपप्रमुख सहभागी छन् ।