मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण ३० सोमबार १६:४२:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘मिस युनिभर्स नेपाल’को प्रतिस्पर्धामा २० सुन्दरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण ३० सोमबार १६:४२:००

‘मिस युनिभर्स नेपाल’का लागि अन्तिम प्रतिस्पर्धामा २० जना छानिएका छन्। काठमाडौंको याक एन्ड यती होटेलमा आइतबार आयोजना गरिएको कार्यक्रममा २० प्रतिस्पर्धी रेड कार्पेटमा हिँडेका थिए।

निर्देशक नग्मा श्रेष्ठले आउँदो वर्षदेखि भने यो प्रतियोगितामा विवाहित, गर्भवती र आमा भइसकेका तथा सम्बन्धविच्छेद गरेका महिलाले समेत सहभागिता जनाउन पाउने बताइन्।

‘मैले सधैँ नै मिस युनिभर्सलाई मन पराउनुको एउटै कारण भनेको यसमा लागू हुने समावेशिता हो। आउँदो वर्षदेखि लागू हुने गरी गरिएको परिवर्तन साहसी, सशक्त र सुन्दर नेपाली महिलाका लागि लागू हुनेमा विश्वास लिएकी छु,’ उनले भनिन्।

उत्कृष्ट २० मध्ये सोसल इम्प्याक्टर लिडर विधाको विजेता र पिपुल च्वाइस अवार्डको विजेताले उत्कृष्ट १० मा सोझै प्रतिस्पर्धा गर्न पाउनेछन्। विजेताले १० लाख रुपैयाँ र इलेक्ट्रिक स्कुटर प्राप्त गर्नुका साथै ७१औँ  शृंखलाको ‘मिस युनिभर्स’मा समेत भाग लिन पाउनेछन्।