मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २८ शनिबार १६:१८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गाली गरेर मात्र सुधार हुँदैन, शिक्षा प्रणाली राम्रो छैन भन्ने प्रचार नगर्नुस् : शिक्षामन्त्री पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २८ शनिबार १६:१८:००

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले समयमै परीक्षा नलिने र नतिजा प्रकाशित नगर्ने हो भने नेपालको शिक्षा प्रणाली बेथितिमा जाने दाबी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित नेपालको विद्यालय शिक्षा र नतिजासम्बन्धी अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। नेपालमा साँच्चिकै शैक्षिक सुधार गर्न आवश्यक रहेको भन्दै उनले सरकार यसप्रति प्रतिबद्ध रहेको बताए । उनले शिक्षक र शैक्षिक संस्थालाई गाली गरेर देशको शिक्षा सुधार नहुने भन्दै नेपालको शिक्षा प्रणाली राम्रो छैन भनेर प्रचार नगर्न आग्रह गरे ।

‘विभिन्न कारण देखाएर समयमै परीक्षा नलिने र नतिजा प्रकाशित नगर्ने हो भने बेथितिमा शिक्षा प्रणाली जान्छ । देशभरका शिक्षकलाई गाली गरेर शिक्षाको सुधार हुँदैन । उहाँहरूलाई तालिम दिने हो। नेपालको शिक्षा खत्तम छ भनेर आफैँ प्रचार नगरौँ। आफैँले पढाएका छौँ, आफैँ विद्यालयमा छौँ, आफैँ व्यवस्थापन समितिमा छाैँ, हाम्रै छोराछोरी पढ्ने हुन् र हामी नै के भनिरहेका छौँ भने हाम्रो शिक्षा खत्तम छ, क्वालिटीको छैन, विद्यालय राम्रा छैनन्। यो हामीले अन्त्य गर्नुपर्छ,’ मन्त्री पौडेलले भने।

मन्त्री पौडेलले शिक्षा सेवाको क्षेत्र भएकाले सेवासुविधा पाइनँ भनेर पढाउन छोडेर आन्दोलन गर्न जान नमिल्ने तर्क गरे। उनले देशमा विद्यार्थीकेन्द्रित, सक्षम बनाउने गुणस्तरीय शिक्षा आवश्यक रहेकोमा जोड दिए । नेपालमा शिक्षाको लगानी कम नरहेको उनको दाबी छ।