![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/kp-oli2022-08-06-07-53-11.jpeg)
नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बिहीबार बसेको केन्द्रीय सचिवालयको बैठकले आगामी ४ मंसिरमा हुने निर्वाचन परिचालनका लागि ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।
उपमहासचिव तथा प्रचार विभागका प्रमुख पृथ्बीसुब्बा गुरुङका अनुसार निर्वाचन परिचालन कमिटीमा पार्टीका केन्द्रीय सदस्य, केन्द्रीय निकायका पदाधिकारी र सदस्य, केन्द्रीय सल्लाहकार परिषद्का पदाधिकारीहरू, प्रदेशका अध्यक्ष, जनसंगठनका अध्यक्ष र महासचिव, केन्द्रीय विभागका सचिव रहनेछन् ।
त्यस्तै, बैठकले पार्टीका उपाध्यक्षहरू, महासचिव र उपमहासचिवहरू रहेको आठसदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा कमिटी पनि बनाएको छ ।