मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण २५ बुधबार
  • Tuesday, 15 July, 2025
२o७९ श्रावण २५ बुधबार o७:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

परराष्ट्रमन्त्री  खड्का चीनमा, समकक्षीसॅग आजै भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण २५ बुधबार o७:२५:oo

औपचारिक भ्रमणका क्रममा मंगलबार राति चीन प्रस्थान गरेका परराष्ट्रमन्त्री डा‍‍. नारायण खड्का  बुधवार बिहान साङदोङ प्रान्तको छङ्दाओ सहर पुगेका छन् । उनी नेतृत्वको प्रतिनिधिमण्डललाई विमानस्थलमा चिनियॉ विदेश मन्त्रालयका अधिकारी, नेपाली राजदूत विष्णुपुकार श्रेष्ठलगायतले स्वागत गरेका छन् । 

राजदूत श्रेष्ठले चीनबाट टेलिफोनमा भने, ‘ परराष्ट्र मन्त्रीज्यू आइपुग्नु भयो । आज यहॉका मन्त्रीज्यूसॅग औपचारिक वार्ता हुन्छ । यो बाहेक अरु भेटवार्ताको कार्यक्रम छैन ।’ समकक्षी एवं चिनियाँ स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री खड्का ११ सदस्यीय टोलीको नेतृत्व गर्दै हिमालय एयरलाइन्सको चार्टर उडानबाट साङदोङ प्रान्तको छङ्दाओ सहर पुगेका हुन् । 

खड्काको टोलीमा परराष्ट्रसचिव भरतराज पौड्यालसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव सहभागी छन् । टोलीमा गृह र अर्थ मन्त्रालयका सहसचिवलगायत परराष्ट्र मन्त्रालयका अधिकारी सहभागी छन् । बेइजिङबाट नेपाली प्रतिनिधिमण्डलमा सहभागी हुन नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ छङ्दाओ पुगिसकेका छन् । 

शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको एक वर्षपछि नेपाल सरकारबाट पहिलोपटक चीनको औपचारिक भ्रमण भएको हो । वाङले गत २ कात्तिकको टेलिफोन वार्तामा परराष्ट्रमन्त्री खड्कालाई चीन भ्रमणको निमन्त्रणा दिएका थिए । परराष्ट्र मन्त्रालयले शुक्रबार खड्काको चीन भ्रमणबारे औपचारिक जानकारी दिएको थियो । औपचारिक भेटवार्ता सकेर बिहीबार उनी स्वदेश फर्किनेछन् ।