मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण २४ मंगलबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण २४ मंगलबार २o:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एकै दिन भ्रष्टाचारका पाँचवटा मुद्दा दर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण २४ मंगलबार २o:३४:oo

विशेष अदालतमा आज एकै दिन भ्रष्टाचारसम्बन्धी पाँचवटा मुद्दा दर्ता भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकै दिन पाँच मुद्दा दर्ता गरेको हो । 
अख्तियारले दिएको जानकारीअनुसार आर्थिक वर्ष ०७०/७१ मा कालिकोट र मुगु जिल्लाको विभिन्न सार्वजनिक निकायमा कार्यरत कर्मचारीविरुद्ध एउटा मुद्दा दर्ता भएको छ । 
मुगुको डिभिजन वन अधिकृत भरतबहादुर बुढथापा, जिल्ला विकास समितिको कार्यालय कालिकोटका तत्कालीन खरिदार राजबहादुर बम, जिल्ला विकास समिति कालिकोटका तत्कालीन ‘एलएपिए’ कार्यक्रमका संयोजक कमलप्रसाद खनाल, अल्लो भाँगो प्रशोधन केन्द्र, कालिकोटको भवन निर्माण उपभोक्ता समितिका पदाधिकारी र कृषि विकास कार्यालय कालिकोटका तत्कालीन प्रास रत्नप्रसाद पाण्डेविरुद्ध अख्तियारले छुट्टाछुट्टै मुद्दा दर्ता गरेको हो ।