मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण २४ मंगलबार
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण २४ मंगलबार १४:१३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लैंगिक आधारमा समानुपातिक संख्यामा उम्मेदवारी दिने व्यवस्था गरियोस् : बिन्दा पाण्डे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण २४ मंगलबार १४:१३:oo

एमालेकी सांसद बिन्दा पाण्डेले आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा प्रत्येक दलले लैंगिक आधारमा समानुपातिक संख्यामा उम्मेदवारी दिने व्यवस्था गर्न माग गरेकी छिन्।

मंगलबर प्रतिनिधिसभा बैठकमा आगामी प्रदेश सभा र संघीय संसद्को निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउन आवश्यक भएको भन्ने जरुरी सार्वजनिक महत्वको विषयमा कानुनमन्त्रीको ध्यानाकर्षण गराउँदै सांसद पाण्डेले यस्तो बताएकी हुन्। ‘संघीय संसद्को प्रतिनिधिसभा र प्रदेश सभाको पहिलो हुने निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारी दिँदा प्रत्येक दलले लैंगिक आधारमा समानुपातिक संख्यामा उम्मेदवारी दिने व्यवस्था गरिनुपर्छ,’ उनले भनिन्।

सांसद पाण्डेले आगामी स्थानीय तह निर्वाचनमा पनि  प्रमुख र अध्यक्ष, उपप्रमुख र उपाध्यक्ष, वडाध्यक्ष, जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमा हरेक दलले कम्तीमा ५० प्रतिशत महिला उम्मेदवारको व्यवस्था गर्नेपर्ने बताइन्। दलित महिला सदस्यको उम्मेदवारी नपरेको अवस्थामा सो स्थान रिक्त नराखी अन्य कुनै सीमान्तकृत तथा अल्पसंख्यक समुदायको महिलाले उम्मेदवारी दिन सक्ने व्यवस्था गर्नुपर्ने उनको तर्क छ।

सांसद पाण्डेले संघीय संसद् र प्रदेश सभा दुवैमा एउटा व्यक्ति एउटै निर्वाचन क्षेत्र र एउटै निर्वाचन प्रणालीबाट निरन्तर बढीमा दुईपटक मात्रै उम्मेदवार हुन सक्ने व्यवस्था गर्नसमेत माग गरेकी छिन्।