निर्वाचन प्रयोजनका लागि नेकपा (एमाले)ले निर्वाचन आयोगमा दल दर्ता गराएको छ। प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि एमालेले मंगलबार आयोगमा दल दर्ता गराएको हो।
हरेक निर्वाचनअघि दल दर्ता गराउने प्रावधानअनुरूप एमालेले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि दल दर्ता गराएको हो। आयोगले दल दर्ताको अवधि साउन २२ देखि ३१ सम्म तोकेको छ।