१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ श्रावण २३ सोमबार १९:४५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बसको ठक्करबाट ११ वर्षका बालकको मृत्यु 

Read Time : < 1 मिनेट
२०७९ श्रावण २३ सोमबार १९:४५:००

बसले ठक्कर दिँदा चितवनमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको देवघाट गाउँपालिका– ५ पिपलटार बस्ने ११ वर्षीय रिभेज तामाङ छन् । ग. १क ३०३४ नम्बरको बसले दासढुंगा सडकखण्डमा सडक छेउ हिँडिरहेका तामाङलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले जानकारी दिए । 
‘गम्भीर घाइते भएका तामाङलाई उपचारको लागि चितवन मेडिकल कजेज भरतपुर पठाइएकोमा उपचारको क्रममा सोमबार मृत्यु भएको हो,’ उनले भने । ठक्कर दिने बसका चालक खमबहादुर मगरलाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धानअगाडि बढाएको छ ।