Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका महोत्तरी
२०७९ श्रावण २३ सोमबार ०६:२०:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

आगो लगाएर आमाछोरीको हत्या प्रयास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, महोत्तरी
२०७९ श्रावण २३ सोमबार ०६:२०:००

महोत्तरीको भंगहा नगरपालिका– १ कञ्चजनवनमा एक पुरुषले श्रीमती र सासूलाई मट्टीतेल खन्याएर आगो लगाएका छन् । औरही नगरपालिका– ८ का शंकर सदाले शनिबार राति ससुराली घरमै श्रीमती ३५ वर्षीया प्रमिलादेवी सदा र सासू ६५ वर्षीया रेसमादेवी सदाको शरीरमा मट्टीतेल खन्याएर आगो लगाएका हुन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार घरायसी विवादले घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । घाइते दुवैको प्रादेशिक अस्पताल जनकपुरमा उपचार सम्भव नभएपछि काठमाडौं रेफर गरिएको छ । मट्टीतेल खन्याएर आगो लगाउँदा रेसमादेवी सदाको पिठ्युँ, पाखुरा र बायाँखुट्टा जलेको छ ।

प्रमिलादेवी सदाको हात, खुट्टा र छाती जलेको छ । शंकर सदा भने घटनापछि फरार छन् । वैदेशिक रोजगारबाट फर्केपछि शंकर पछिल्लो एक वर्षदेखि ससुरालीमै बस्दै आएका थिए ।