मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ श्रावण २१ शनिबार २०:४०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुकेटार विमानस्थलमा तीन महिनादेखि उडान अवरुद्ध

Read Time : < 1 मिनेट
२०७९ श्रावण २१ शनिबार २०:४०:००

ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन महिनादेखि जहाज आवत–जावत बन्द छ । बाक्लो तुवाँलो र निरन्तर वर्षाका कारण उडान अवरुद्ध हुन पुगेको नेपाल वायुसेवा निगम ताप्लेजुङका स्टेसन इन्चार्ज लोकेन्द्र लिम्बूले बताए । .

गत १४ जेठयता एउटा पनि उडान हुन नसकेको हवाई उड्डयन प्रधिकरण सुकेटार स्टेसन सहायक प्रमुख अंगत यादवले बताए । निरन्तर वर्षा र कुहिराका कारण विमानस्थलमा हवाई उडान हुन नसकेको हो । यादवका अनुसार पछिल्लो समय जेठ १४ मा नेपाल वायुसेवा निगमको जहाज सो विमानस्थल पुगेको थियो । त्यसपछि ‘सेड्युल’मा राखे पनि वर्षा र कुहिरोका कारण जहाज बोलाउन नसकिएको यादवले बताए । निरन्तर वर्षा र बादलसँगै प्रतिकूल मौसम कायम रहेकाले उडान निरन्तर अवरुद्ध हुँदै आएको निगमले जनाएको छ ।  

निगमका अनुसार सुकेटारमा साताको सोमबार, बुधबार र शुक्रबार तीन दिन काठमाडौं–ताप्लेजुङ उडान तालिका रहेको छ। नेपाल वायुसेवाका अलावा सीता एयरले पनि उडान भर्दै आएको थियो । तर, प्रतिकूल मौसम भएसँगै अहिले उडान अवरुद्ध भएको हो ।