१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १९ बिहीबार
  • Saturday, 28 September, 2024
२o७९ श्रावण १९ बिहीबार १७:२४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तीनपांग्रे सवारीलाई नियमन गर्न स्टिकर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण १९ बिहीबार १७:२४:oo

हेटौँडा उपमहानगर क्षेत्रभित्र चल्ने तीनपांग्रे व्यावसायिक सवारीसाधनलाई नियमनमा ल्याउन स्टिकर अनिवार्य गरिएको छ। हेटौँडा उपमहानगरपालिका कार्यालयले उपमहानगरमा अधिकांश तीनपांग्रे सवारीसाधन अव्यवस्थित र नियमपूर्वक सञ्चालनमा नरहेको भन्दै नियमनमा ल्याउन स्टिकर अनिवार्य गरेको हो। 

जिल्ला ट्राफिक प्रहरी कार्यालयसँगको सहकार्यमा बिहीबारबाट उप–महानगरपालिकाले स्टिकर वितरणसमेत सुरु गरेको छ। पहिलो चरणमा यसअघि नै अनुमति लिइसकेका तीनपांग्रे सवारीसाधनलाई मात्र सञ्चालन अनुमतिसहितको स्टिकर प्रदान गरिएको उप–महानगरपालिकाले जनाएको छ। प्रवक्ता सविन न्यौपानेले स्टिकर वितरण गरेसँगै अब हेटौँडा उपमहानगर क्षेत्रमा सञ्चालन अनुमति लिएका तीनपांग्रे सवारीसाधनबाहेक अन्यलाई निषेध गरिने बताए। 

उपमहानगरका प्रवक्ता सबिन न्यौपानेका अनुसार गत ३२ असारमा उपमेयर राजेश बानियाँको अध्यक्षतामा बसेको पार्किङ व्यवस्थापन समितिको बैठकबाट गठित दुई उपसमितिले यातायात व्यवसायी, ट्राफिक प्रहरीसहित सरोकारवालासँगको पटक-पटकको छलफल र स्थलगत निरीक्षणबाट प्राप्त सुझावको आधारमा कार्यपालिकाले स्टिकर वितरण अभियान सञ्चालन गर्ने निर्णयअनुसार प्रक्रिया अघि बढाइएको हो।

उपमहानगर क्षेत्रमा सञ्चालनको अनुमति पाएका करिब ७ सय अटो र मयुरी भए पनि अहिले ३ हजारभन्दा बढी संख्यामा सञ्चालनमा रहेको अनुमान गरिएको छ। स्टिकर टाँस्ने कार्यले उपमहानगरको राजस्व आम्दानी बढ्नुका साथै ट्राफिक व्यवस्थापनमा समेत टेवा पुग्ने नगर प्रमुख मीनाकुमारी लामाले बताइन्। 

‘स्टिकर वितरणले बजार क्षेत्रमा यातायात व्यवस्थापनमा सहयोग पुग्ने र तीनपांग्रे सवारीलाई नियमनमा ल्याउन सहज हुने अपेक्षा गरिएको छ,’ मेयर लामाले भनिन्। ७ पुस २०७६ को कार्यपालिका बैठकले उपमहानगर क्षेत्रमा तीनपांग्रे सवारीसाधन दर्ता अनुमति नदिने निर्णय गरेको थियो। उक्त मितिपछि विभिन्न पालिका तथा अन्यत्र जिल्लामा सञ्चालन अनुमति परमिट लिएर हेटौँडा बजार क्षेत्रमा अनधिकृत रूपमा सञ्चालन भइरहेका तीनपांग्रे सवारीसाधनलाई निषेध गर्ने गरी उपमहानगर अगाडि बढेको हो। हालसम्म कारबाहीमा नपरेको, यात्रुलाई जिम्मेवार भएर सेवा दिएको भन्दै मयुरी चालक कृष्णप्रसाद दुलाल र इन्दिरा सापकोटालाई नगदसहित कार्यक्रममा सम्मान गरिएको थियो।