मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ श्रावण १८ बुधबार
  • Monday, 31 August, 2026
हदिश खुद्दार जनकपुरधाम
२o७९ श्रावण १८ बुधबार १२:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मधेस प्रदेश सरकारले संघीय सरकारविरुद्ध आन्दोलन गर्ने 

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o७९ श्रावण १८ बुधबार १२:४७:oo

प्रहरी समायोजनमा संघीय सरकारले कुनै चासो नदेखाएको भन्दै मधेस प्रदेश सरकारले आन्दोलन गर्ने चेतावनी दिएको छ । बुधबार बिहान प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले पत्रकार सम्मेलन गरी संघीय सरकारको विभेदपूर्ण रवैयाविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

प्रदेश सरकारले प्रदेश प्रहरी ऐन बनाए पनि संघीय सरकारको लापरबाही र उदासीनताका कारण कार्यान्वयमा आउन नसकेको मन्त्री साहले बताए । ‘संघीय प्रदेश ऐन, प्रहरी समायोजन  ऐन  पास भएको लामो समय भइसकेको छ,’ मन्त्री साहले भने, ‘संघीय सरकारले संविधानविपरीत सुरक्षाकर्मी पनि आफ्नै मातहत राखिरहेका छन् ।’

‘संविधानमा प्रदेशको शान्तिसुरक्षा प्रदेश सरकारको एकल सूचीमा रहेको छ, तैपनि संघीयताविरोधी षड्यन्त्रको कारण संघीय सरकार प्रहरी समायोजन गर्न चासो देखाइरहेका छैनन्,’ उनले भने ।