गृहमन्त्री बालकृष्ण खाणले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँग भेटघाट गरेका छन्। नेता पौडेलनिवास बोहोराटारमा भएको भेटमा समसामयिक राजनीति र पार्टीको संगठन सुदृढीकरणबारे कुराकानी भएको कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका खाणले जानकारी दिएका छन्।
‘मुलुकको समसामयिक राजनीतिक र पार्टीको संगठन सुदृढीकरण र क्रियाशील बनाउनेबारे कुराकानी भयो,’ खाणले भने। कांग्रेसमा मनोनयन गर्न बाँकी केन्द्रीय सदस्यको मनोनयन र पार्टीका केन्द्रीयस्तरका विभाग र समिति बनाउने तथा भ्रातृ संस्थालाई पूर्णता दिने तयारी छ।