१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण १५ आइतबार २१:१३:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

साफ यू–२० : भारतसँग लज्जास्पद हार, ८–० ले पराजित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण १५ आइतबार २१:१३:००

साफ यू–२० फुटबल च्याम्पियनसिपको महत्वपूर्ण खेलमा नेपालले भारतसँग् लज्जास्पद पराजय व्यहोरेको छ । नेपाल ८–० गोलले पराजित भयो । 
फाइनल प्रवेशका लागि महत्वपूर्ण मानिएको खेलमा नेपालले बिर्सनलायक प्रदर्शन गर्यो । जारी प्रतियोगितामा अहिलेसम्मको सबैभन्दा ठूलो अन्तरको हार नेपालले आफ्नो नाममा लेखायो । 
नेपाल र भारतबीच पहिलो हाफ प्रतिस्पर्धात्मक थियो । नेपालले गोलका केही सुन्दर मौका गुमाएको थियो । ३५औँ मिनेटमा गोलकिपर ईश्वर गुरुङले गम्भीर त्रुटि गर्दा नेपालले पहिलो गोल खान पुगेको थियो । त्यसपछि दोस्रो हाफको खेल सुरु भएको पाँच मिनेटभित्रै दोस्रो गोल व्यहोरेको नेपाल त्यसपछि खेलमा कतै देखिएन । भारतीय स्ट्राइकरले एकपछि अर्को गर्दै नेपाली पोस्टमा ७ गोल थपे र भारत ८–० ले विजयी भयो ।