१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १५ आइतबार
  • Saturday, 28 September, 2024
२o७९ श्रावण १५ आइतबार १४:५१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

खोला ओगटेर काम नगर्ने कम्पनीको लाइसेन्स खारेज गर्छौँ : ऊर्जामन्त्री भुसाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण १५ आइतबार १४:५१:oo

ऊर्जा, जलस्रोत तथा सिंँचाइमन्त्री पम्फा भुसालले विद्युत् उत्पादन गर्ने लाइसेन्स लिएर पनि काम नगर्ने कम्पनीको पिपिए खोरज गर्ने बताएकी छिन्। आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको परामर्श कार्यशाला कार्यक्रममा मन्त्री भुसालले लाइसेन्स लिएर पिपिए गर्ने, तर विद्युत् उत्पादन नगर्ने कम्पनीको पिपिए खोरज गर्ने तयारीमा रहेको बताएकी हुन्।

मन्त्री भुसालले जलविद्युत् आयोजनाको निर्माण कार्य नगर्ने, तर खोला–नदी ओगटेर बस्ने प्रवृत्तिको अन्त्य गरिने प्रस्ट पारेकी छिन्। उनले भनिन्, ‘अहिले देशमा नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद सम्झौता गरेका करिब तीन हजार दुई सय मेगावाटका जलविद्युत् आयोजनाहरू निर्माणाधीन अवस्थामा छन्। करिब १६ सय मेगावाट आयोजना टेक एन्ड पे प्रावधानमा नै पिपिए हुँदा पनि निर्माणमा गएका छैनन्।’

वास्तविक विद्युत् उत्पादक कम्पनीहरूलाई प्रोत्साहन गर्ने र पिपिए गरेर काम नगर्नेलाई पिपिए खोरज गर्ने पक्षमा मन्त्रालयले छलफल गरिरहेको उनले बताइन्। मन्त्री भुसालले टेक एन्ड पेमा आधारित विद्युत् खरिद सम्झौता भएकाले उत्पादन भएको विद्युत् बिक्री गर्न नसके ठूलो मात्रामा वित्तीय जोखिम बढ्ने उल्लेख गरिन्। उनले नेपालको विद्युत् प्रसारण लाइन र बजार जोखिम दुवैको मूल्यांकन र विश्लेषण गर्नु आवश्यक भएकोसमेत औँल्याएकी छिन्।