१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १५ आइतबार
  • Wednesday, 02 July, 2025
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण १५ आइतबार १२:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गठबन्धन दुई दिनको पाहुना हो, अदालत यसको लहलहैमा लाग्नुहुँदैन : अध्यक्ष ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण १५ आइतबार १२:३६:oo

एमालेका अध्यक्ष केपी ओलीले न्यायाधीशहरू चाकडीमा लागे आफ्नो पार्टीले कदम चाल्ने बताएका छन्। कायममुकायम प्रधानन्यायाधीश दीपक कार्की र एक नेताबीच दुई घन्टा छलफल भएको भन्दै एमाले अध्यक्ष ओलीले यस्तो चेतावनी दिएका हुन्।

राष्ट्रिय युवा संघ नेपालको प्रथम केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘एकजना नेता कुदेर कायममुकायम प्रधानन्यायाधीशजी कहाँ गएर दुई घन्टा बसेर बाहिर निस्किए। ती नेता घरतिर लागे, श्रीमानजी अदालततिर लागे। के भयो त्यहाँ ?’ नेपालका अदालतमा लेनदेन चल्ने गरेको आरोप लगाउँदै ओलीले यस्ता कुराहरू सधैँ भइरहन नहुने उल्लेख गरे।

न्यायाधीशहरूले नै अदालत घुस्याहा र भ्रष्ट भयो भनिरहेको उल्लेख गर्दै उनले न्यायाधीशहरूले पनि निष्पक्ष भएर न्यायसम्पादन गर्नुपर्ने प्रस्ट पारे। ‘अदालतका न्यायाधीशहरू भनिरहनुभएको छ– अदालत बिग्रियो, अदालत भ्रष्ट भयो, अदालत घुस्याहा भयो। त्यसबाट मुक्त गर्नका लागि म श्रीमान् न्यायाधीशहरूलाई पनि आग्रह गर्न चाहन्छु। उहाँहरूले पनि गर्नुपर्‍याे। मुख्य रूपमा उहाँहरूको न्यायसम्पादन न्यायसम्पादनजस्तो हुनुपर्‍याे।’

सत्तागठबन्धनलाई ढोडको लौरोको संज्ञा दिँदै अध्यक्ष ओलीले गठबन्धनको लहैलहैमा नलाग्न न्यायाधीशहरूलाई सुझाव दिए। अन्यथा लोकतन्त्रको पक्षमा एमालेले आवश्यक कदम चाल्न सक्ने ओलीको चेतावनी छ। ‘यो गठबन्धन, यसको उलामालामा अदालत पर्नुहुँदैन। यो गठबन्धन भनेको दुई दिनको पाहुना हो। यी ढोडका लौराका भर परेर नचल्न म सबैलाई सुझाव दिन चाहान्छु,’ उनले भने, ‘यदि देशको पक्षमा, लोकतन्त्रको पक्षमा, न्यायको पक्षमा कदम चाल्नुपर्‍याे भने नेकपा एमालेले पनि कदम चाल्न सक्छ, कदम चाल्न तयार छ।’