मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण १४ शनिबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण १४ शनिबार १३:२३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हृदयेन्द्रलाई राजाका रूपमा देख्न चाहन्छु, संसद्ले बाँधेर भए पनि राजसंस्था राखौँ : रवीन्द्र मिश्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण १४ शनिबार १३:२३:oo

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्रलाई भावी राजाका रूपमा देख्न चाहेको बताएका छन्। हृदयेन्द्र शाहको २१औँ जन्मदिनको शुभकामना दिँदै मिश्रले सामाजिक सञ्जाल फेसबुकमार्फत् यस्तो चाहना सार्वजनिक गरेका हुन्।

देश ढिलो–चाँडो नराम्रो संकटमा फस्ने ठोकुवा गर्दै उनले त्यस्तो परिस्थितिमा सदुपयोग गर्ने उद्देश्यले संसद्ले बाँधेर भए पनि राजसंस्था राख्नुपर्ने बताएका छन्। ''बदलिएको विश्व भूराजनीतिको भुमरी, लगभग पूर्णतः आर्थिक परनिर्भरता, भ्रष्ट र कमजोर संस्था र आन्तरिक अवस्था तथा अन्य कतिपय कारणले यो देश ढिलोचाँडो नराम्रो संकटमा फस्छ–फस्छ। त्यसैले, संकटका वेला मात्र सदुपयोग गर्ने उद्देश्यका साथ संसद्ले बाँधेर 'खोपामा भए पनि' राजसंस्था राखौँ,'' मिश्रले लेखेका छन्।

१९९० मा बेल्जियमका राजा बोदवाँलाई सरकारले कैयौँ दिनसम्म राष्ट्रप्रमुखबाट निलम्बन गरी सामान्य नागरिक बनाएको प्रसंग उल्लेख गर्दै मिश्रले संसद्को अधिनमा रहने गरी राजसंस्था राख्नुपर्ने धारणा राखेका हुन्।