Skip This
सन्दीप राई प्रदेश खेलकुद विकास बोर्डको सदस्यमा नियुक्त
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १४ शनिबार
  • Saturday, 16 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण १४ शनिबार o८:३७:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सन्दीप राई प्रदेश खेलकुद विकास बोर्डको सदस्यमा नियुक्त

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण १४ शनिबार o८:३७:oo

नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर सन्दीप राई प्रदेश खेलकुद विकास बोर्डको सदस्यमा नियुक्त भएका छन् । नेपाली राष्ट्रिय टोलीका पूर्वउपकप्तानसमेत रहेका सन्दीप प्रदेश नम्बर १ को खेलकुद बोर्डको सदस्यमा नियुक्त भएका हुन् । बोर्डले मोरङका पूर्वफुटबलर प्रदीपकुमार भगतलाई समेत सदस्य नियुक्त गरिएको जनाएको छ । बोर्डका अध्यक्ष सामाजिक विकासमन्त्री राजन राईले प्रदेश खेलकुद ऐन, २०७६ को दफा ३ को उपदफा २ को खण्ड (ङ) बमोजिम सदस्यमा नियुक्त गरेका हुन् ।

सन्दीपले नेपाली राष्ट्रिय फुटबल टोलीबाट एक दशकभन्दा बढी योगदान दिएका थिए । सन्दीपले सन् २००३ मा यू–१४ राष्ट्रिय टोलीबाट नेपाली फुटबलमा प्रवेश गरेका थिए । एन्फा एकाडेमीका उत्पादन सन्दीपले यू–१६, यू–१९ र यू–२३ टोलीबाट अन्तर्राष्ट्रिय फुटबल खेलेका थिए । उनले सन् २००८ बाट २०१५ सम्म नेपाली राष्ट्रिय टोलीबाट खेलेका थिए ।

जर्मनका थोमस फ्लेकले आफ्नो प्रशिक्षणमा सन्दीपलाई पोखरामा भएको पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीबाट डेब्यु गराएका थिए । सन्दीपले लगातार २०१५ सम्म राष्ट्रिय टोलीमा खेले । उनले नेपाली टोलीबाट आधिकारिक रूपमा ४९ अन्तर्राष्ट्रिय खेल खेले । उनका नाममा तीनवटा अन्तर्राष्ट्रिय गोल छन् । 

सन्दीपले एएफसी च्यालेन्ज कपमा कम्बोडियामा प्रतिस्पर्धा गरेका थिए । सन् २०११ साफमा माल्दिभ्स र सन् २०१३ मा विश्वकप छनोटअन्तर्गत नदर्न मारियानाविरुद्ध उनले गोल गरेका थिए । राष्ट्रिय टोलीबाट सर्वाधिक क्यापमा जित्ने खेलाडीमा शीर्ष १० मा रहेका छन् ।

न्युरोड टिम (एनआरटी) बाट २०६१ मा सहिद स्मारक लिगमा डेब्यु गरेका सन्दिपले मनाङ मर्स्याङ्दी र थ्री स्टारबाट सहिद स्मार लिग खेलेका छन् । उनले भारतको दोस्रो डिभिजनको मोहम्मडन स्पोर्टिङ क्लबबाट समेत खेलेका छन् । उनले ०६९ मा सर्वोत्कृष्ट खेलाडी बन्दै कारसमेत पाएका थिए ।पछिल्लो समय सन्दीप म्याच फिक्सिङ (खेल मिलेमतो)को आरोपमा फुटबलमा आजीवन प्रतिबन्धमा छन् । एसियाली फुटबल महासंघ (एएफसी)ले सन्दीपसँगै पूर्वकप्तान सागर थापा,  गोलकिपर रितेश थापा, पूर्वडिफेन्डर विकाससिंह क्षत्री र प्रशिक्षक अन्जन केसीलाई प्रतिबन्ध गरेको थियो ।