Skip This
मेची–महाकाली उद्धार यात्राबाट २३६ सडक आश्रित मानवको उद्धार 
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १ शनिबार
  • Saturday, 16 November, 2024
गणेश लम्साल विराटनगर
२o८१ मङ्सिर १ शनिबार २१:५८:oo
Read Time : < 1 मिनेट
समाचार

मेची–महाकाली उद्धार यात्राबाट २३६ सडक आश्रित मानवको उद्धार 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ मङ्सिर १ शनिबार २१:५८:oo

मानव सेवा आश्रमले चाडपर्वमा कसैले सडकपेटीमा बस्न नपरोस् भनेर सञ्चालन गरेको मेची–महाकाली उद्धार यात्रामार्फत २ सय ३६ जना बेसहारा मानिसको उद्धार गरेको छ ।

मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनले दसैं र तिहारका बेला चलाएको यस अभियानमार्फत ३३ दिनमा एक सय ७९ पुरुष र ५७ जना महिलाको उद्धार गरेको हो । जसमा पाँच जना बालिका र चार जना बालक समेत छन् । 

उद्धार गरिएकाहरूमा कोशी प्रदेशबाट ३५ पुरुष नौ महिला, मधेशबाट २९ पुरुष ११ महिला, बागमतीबाट ४० पुरुष १७ महिला, गण्डकीबाट २७ पुरुष आठ महिला, लुम्बिनीबाट ४० पुरुष नौ महिला, कर्णालीबाट दुई पुरुष एक महिला र सुदुरपश्चिमबाट ६ जना पुरुष र दुई जना महिला रहेका छन् । 

मानव सेवा आश्रमका प्रवक्त्ता सुमन बर्तौलाका अनुसार मानव सेवा आश्रम  र आनी फाउन्डेसनले २८ असोजमा तेस्रो मेची–महकाली यात्रा अभियान पूर्वको काकडभिट्टास्थित मेची पुलबाट सुरु गरेर सुदूरपश्चिमको महाकाली नदीको पुलसम्म गरेका थिए । 

उद्धार यात्रा अभियानको सुरु प्रधानमन्त्री केपी शर्मा ओलीले २६ असोजमा बालुवाटारबाट गरेका थिए । समापन ३ मंसिरमा प्रम ओलीले प्रज्ञा प्रतिष्ठान कामलादीमा गर्दै छन् ।