Skip This
यू १९ महिला विश्व कपमा छनोट भएका गण्डकीका चार खेलाडीको भव्य स्वागत
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १ शनिबार
  • Saturday, 16 November, 2024
२o८१ मङ्सिर १ शनिबार २o:२७:oo
Read Time : < 1 मिनेट
खेलकुद

यू १९ महिला विश्व कपमा छनोट भएका गण्डकीका चार खेलाडीको भव्य स्वागत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर १ शनिबार २o:२७:oo

आइसिसी यू १९ महिला विश्व कपका लागि छनोट भएका नेपाली टोलीका सदस्यमध्ये गण्डकी प्रदेशका चार खेलाडीलाई शनिबार पोखरामा भव्य स्वागत गरिएको छ। 

युनाइटेड अरब इमिरेट्स (युएई) लाई आठ विकेटले पराजित गर्दै नेपाली टोलीले विश्व कपका लागि छनाेट भएकाे थियाे। अब १८ जनवरीदेखि २ फेब्रुअरी ०२५ सम्म मलेसियामा हुने प्रतियोगितमा नेपाली टोलीले खेल्नेछ। 

टोलीका सदस्यहरू कास्कीकी रचना चौधरीसँगै स्याङ्जाकी ज्योत्सनिका मरासिनी, सिमाना केसी र कुशुम गोदारलाई स्वागत गरिएको हो।

प्रदेश खेलकुद परिषद्, प्रादेशिक क्रिकेट संघ गण्डकीले उनीहरूलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट र्‍यालीसहित पोखरा रंगशालामा ल्याएर जिल्ला खेलकुद विकास समिति कास्कीसहित विभिन्न खेल, संघसंस्था र खेलाडीहरूले स्वागत गरेका हुन्।

परिषद्का सदस्यसचिव श्रीधर शर्मा, प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरणबहादुर बानियाँलगायतले उनीहरूलाई स्वागत गरेका थिए।