कांग्रेस बागमती प्रदेश संसदीय समितिले कीर्तिपुर नगरपालिकाको रिक्त मेयरमा कृष्णमान डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
संसदीय समितिको शनिबार बसेको बैठकले डंगोललाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको पार्टी प्रदेश कार्यालयका मुख्यसचिव राजु नेपालले बताए। उनी कांग्रेसको कीर्तिपुर नगर कार्यसमिति सभापतिसमेत हुन्। उक्त पदका लागि यही १६ मंसिरमा उपनिर्वाचन हुँदै छ।
कीर्तिपुर नगरपालिकामा ०७९ सालको निर्वाचनमा कांग्रेसबाट निर्वाचित मेयर राजकुमार नकर्मीको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो। कीर्तिपुरको मेयरमा अन्य दलले यसअघि नै उम्मेदवार छनोट गरिसकेका छन्।