१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण १३ शुक्रबार १३:५७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अस्थायी, ज्यालादारी र करारका कर्मचारी बर्खास्तीमा एमालेको आपत्ति, पेसागत सुरक्षा सुनिश्चित गर्न माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण १३ शुक्रबार १३:५७:००

एमालेले संघ, प्रदेश र स्थानीय सरकारहरूले अस्थायी, ज्यालादारी र करारमा कार्यरत कर्मचारीलाई बर्खास्त गर्न थालेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। एमालेको संघीय मामिला तथा सामान्य प्रशासन विभागले विज्ञप्ति जारी गर्दै राजनीतिक पूर्वाग्रहका आधारमा कर्मचारी बर्खास्त गरिएको भन्दै विरोध जनाएको हो।

‘नेकपा एमाले निश्चित विधि र प्रक्रियाबाट नियुक्ति तथा अवकाश पाउने कर्मचारीहरूलाई विधि र प्रक्रियाविपरीत हटाउने र प्रशासनको क्षेत्रमा अराजकता सिर्जना गर्ने गरी सरकारले गरिरहेको कारबाहीको भर्त्सना गर्छ,’ विज्ञप्तिमा भनिएको छ।

नयाँ आर्थिक वर्षको थालनीसँगै संघ, प्रदेश र स्थानीय सरकारहरूले अस्थायी, ज्यालादारी र करारमा कार्यरत कर्मचारीलाई हटाउन थालेपछि एमालेले विरोध जनाएको हो। विशेषगरी स्थानीय तहमा नयाँ जनप्रतिनिधि निर्वाचित भएसँगै करारमा रहेका पुराना कर्मचारी हटाउन थालिएको छ। बहालमा रहेका ती कर्मचारीलाई नियमित रूपमा काम गर्न पाउने गरी पेसागत सुरक्षा सुनिश्चित गर्न एमालेले सरकारसँग माग गरेको छ।