मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ श्रावण १३ शुक्रबार
  • Wednesday, 02 September, 2026
२o७९ श्रावण १३ शुक्रबार १o:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जिल्ला अस्पताल लमजुङले कोराना संक्रमितको उपचार गरेबापत ९० लाखभन्दा बढी खर्च पाएन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण १३ शुक्रबार १o:४७:oo

जिल्ला अस्पताल लमजुङले कोरोना संक्रमितको उपचारबापतको खर्च अझैसम्म पाउन सकेको छैन । कोरोना संक्रमितको उपचार खर्च गण्डकी प्रदेश सरकारले उपलब्ध गराउने भनी सम्झौता भए पनि हालसम्म रकम उपलब्ध नभएको जिल्ला अस्पताल लमजुङका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताए । उनले भने, ‘कोरोना महामारी सुरु भएदेखि अहिलेसम्म संक्रमितको उपचारमा अस्पतालले खर्च गरेको ९० लाख  ९३ हजार रकम प्राप्त भएको छैन ।’

जिल्ला अस्पताल लमजुङमा कोरोना महामारी सुरु भएदेखि हालसम्म पाँच सय ६९ जनाले उपचार गराएका छन् । उपचार गराएका संक्रमितहरूको कुल रकम एक करोड ४१ लाख ७१ हजार पाँच सयमध्ये ५० लाख ७८ हजार पाँच सय भुक्तानी भए पनि ९० लाख ९३ हजार रकम नपाएको अस्पतालले जनाएको छ । 

सम्झौतामा उल्लेख भएअनुसार प्रत्येक महिना शाेधभर्ना भुक्तानी गर्ने उल्लेख भए पनि हालसम्म रकम नआएको अस्पतालले जनाएको छ । कोभिड संक्रमितको उपचार खर्च संघीया सरकारले उपलब्ध गराउने भनेपछि जिल्ला अस्पताल लमजुङ, गण्डकी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयबीच कोभिड– १९ संक्रमित बिरामीको उपचार र व्यवस्थापनका लागि अस्पतालमा कोभिड– १९ केयर युनिट सञ्चालन गर्ने विषयमा सम्झौता भएको थियो । 

सम्झौतामा उल्लेख भएअनुसार संक्रमितको उपचार व्यवस्थापनमा लाग्ने खर्च अस्पतालको आइसोलेसनमा सामान्य उपचारको निम्ति दैनिक तीन हजार पाँच सय, मध्यमस्तरको उपचारको निम्ति सात हजार र गम्भीर प्रकृतिको उपचारको निम्ति दैनिक १५ हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्थाअनुसार सम्झौता भएको थियो ।