मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १३ शुक्रबार
  • Monday, 23 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण १३ शुक्रबार o६:४७:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

‘द सिक्स्टी’ क्रिकेट प्रतियोगितामा सन्दीप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण १३ शुक्रबार o६:४७:oo

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने लगातार अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा अनुबन्धित भइरहेका छन् । क्यारेबियन तथा लंका प्रिमियर लिगपछि अब सन्दीप वेस्ट इन्डिजमै हुने ‘द सिक्स्टी’ क्रिकेटमा अनुबन्धित भएका छन् । लेग स्पिनर लामिछानेले जमैका तलाबाजबाट ‘द सिक्स्टी’ क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । 

क्रिकेटको नयाँ स्वरूपमा रहेको ‘द सिक्स्टी’मा जमैकाले सन्दीपलाई टोलीमा राखेको जनाएको छ । सन्दीपलाई कति रकममा अनुबन्ध गरेको जनाइएको छैन । प्रतियोगिता २४ देखि २८ अगस्टसम्म जमैकामा हुने बताइएको छ । प्रतियोगितामा पुरुषतर्फ ६ र महिलामा तीन टोलीको सहभागिता रहनेछ । 

सिपिएल आयोजना हुनुअघि आयोजना हुने द सिक्स्टीका लागि सन्दीपलाई जमैकाले अनुबन्ध गरेको हो । जमैकाले सन्दीपसहित पाँच विदेशी खेलाडीलाई नै प्रतियोगितामा खेलाउने भएको छ । जमैकामा पाकिस्तानका फास्ट बलर मोहमद आमिर र इमाद वासिम रहेका छन् । यसैगरी अस्ट्रेलियाका क्रिस ग्रिन तथा दक्षिण अफ्रिकाका मिगाली पिटोरियस रहेका छन् ।

 नयाँ फर्म्याटको ६० बल
विश्व क्रिकेटमा बिस्तारै फर्म्याट  परिवर्तन भइरहेको छ । लोकप्रियतासँगै क्रिकेट खेल व्यावसायिक पनि बनिरहेको छ । अहिले विश्वभरि विभिन्न नयाँ फर्म्याटमा खेल आयोजना भइरहेका छन् । टेस्ट क्रिकेटपछि एकदिवसीय खेलको सुरुवात भयो । त्यसपछि टी–२० को आगमन भयो । टी–२० क्रिकेटले व्यापकता पाएपछि क्रिकेट खेललाई थप रोमाञ्चक बनाउन टी–१० र ‘हन्ड्रेड बल’ पनि सञ्चालनमा आएका छन् । पछिल्लो पटक क्रिकेटमा ‘६० बल’ मा प्रतिस्पर्धा हुन थालेको छ ।

वेस्ट इन्डिज क्रिकेट बोर्ड र क्यारेबियन क्रिकेट लिगले नयाँ ढाँचाको प्रतियोगिताको घोषणा गरेका हुन् । पहिलो संस्करणको यो प्रतियोगिता सेन्ट किट्स एन्ड नेभिसमा हुनेछ । ब्याटिङ गर्ने प्रत्येक टोलीले ६ विकेट लिनुपर्ने हुन्छ । छैटौँ विकेटको पतनसँगै अलआउटको संज्ञा दिइनेछ । रमाइलो पक्ष के छ भने ६० बलमध्ये पहिलो ३० बल एकछेउबाट मात्र फ्याँकिनेछ । त्यसपछि बाँकी ३० बल अर्को छेउबाट फालिनेछ । एक बलरले कम्तीमा दुई ओभर मात्र बलिङ गर्न पाउनेछन् ।