मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ८ सोमबार
  • Monday, 23 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष ८ सोमबार १३:४२:oo
Read Time : < 1 मिनेट
समाचार

हुलाकका नासु छोरासहित कोठाभित्र मृत फेला, हत्याको आशंका 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष ८ सोमबार १३:४२:oo

भक्तपुरको बालकोटमा बाबुछोरा मृत भेटिएका छन्। खोटाङ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रवीण मृत अवस्थामा भेटिएका हुन्। शवमा चोटपटक रहेकाले धारिलो हतियार प्रयोग गरी हत्या गरिएको प्रहरी आशंका छ ।

बाहिरबाट ताल्चा लगाएको कोठाभित्र सोमबार उनीहरूको शव भेटिएको जिल्ला प्रहरी परिसर, भक्तपुरका डिएसपी ढुन्डीराज नेउपानेले बताए । ‘मृतक कुलप्रसाद दिक्तेल हुलाक कार्यालयको प्रमुख भन्ने बुझिएको छ, उहाँ अफिसको काम परेर काठमाडौं आउनुभएको रहेछ,’ डिएसपी नेउपानेले भने, ‘शनिबार बेलुका छोराहरूको डेरामा बस्नुभएको थियो। आज कान्छो छोरासहित मृत भेटिनुभएको छ।’ सोही डेरामा बस्ने जेठा छोरा मिलन सम्पर्कविहीन छन् । 

सोमबारसम्म ढोका नखुलेपछि सोही घरमा बस्नेले प्रहरीलाई खबर गरी खोल्दा दुईजना मृत भेटिएका हुन्। उनीहरूको शनिबार बेलुका नै हत्या भएको आशंका गरिएको छ । 
आचार्यका दुवै छोरा अध्ययनका लागि भक्तपुरमा बस्दै आएका थिए। 

मृतक बाबुछोरा