मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण १२ बिहीबार १४:५६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

फेवाताल क्षेत्रमा मापदण्डविपरीत बनेका घर भत्काइयोस् : खिमलाल देवकोटा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण १२ बिहीबार १४:५६:००

राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले फेवातालवरिपरि मापदण्डविपरीत बनाइएका घर भत्काउन माग गरेका छन्। बिहीबारको राष्ट्रिय सभा बैठकमा उनले ८० प्रतिशत घरहरू विनास्वीकृति र मापदण्डविपरीत बनेको भन्दै नियमन गरी भत्काउन माग गरेका हुन्।

‘फेवातालवरिपरिका ८० प्रतिशत घरहरू अवैध छन् । कतिपयले विनास्वीकृति आठ, नौ तलासम्म घर बनाएका छन् । त्यस्ता घरको नियमन र फेवातालको मापदण्डमा परेका घरहरू भत्काइयोस्,’ उनले भने।

सांसद देवकोटाले अतिक्रमित पोखरा बसपार्कको जग्गा खाली गराई अत्याधुनिक बसपार्क निर्माण गर्न पनि ध्यानाकर्षण गराएका छन्। उनले फेवातालको सिरानमा वाटर स्पोर्टसका लागि पूर्वाधार र पञ्चासे, माछापुच्छ्रे र अन्नपूर्ण हिमालको फेदीसम्म व्यवस्थित पदमार्ग निर्माण गर्न माग गरे।