१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
खेलकुद

श्रीलंकाविरुद्ध नेपाल ३-० गाेलले विजयी

श्रीलंका ३–० ले पराजित, सबै गोल दोस्रो हाफमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार २१:१९:oo

साफ यू–२० च्याम्पियनसिप फुटबलअन्तर्गत नेपालले आफ्नो दोस्रो खेल पनि सहजै जितेको छ । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा भर्खरै सकिएको खेलमा नेपालले श्रीलंकालाई ३–० ले हरायो । 
तीनै गोल दोस्रो हाफमा सम्भव भएको हो । नेपालका लागि कप्तान आशिष घलान, क्रितिसरत्न छुन्जु र मनग्य नकर्मीले गोल गरे । सबै गोल दर्शनीय थिए । नेपालले पूर्ण नियन्त्रणमा लिएको खेलमा पहिलो हाफ भने बराबरी भएको थियो । तर, दोस्रो हाफमा श्रीलंकाली डिफेन्स लाइनअप नेपाली खेलाडीलाई रोक्न असफल भयो । जितपछि नेपालको ६ अंक भएको छ । नेपालले पहिलो खेलमा माल्दिभ्सलाई हराएको थियो । 

ad
ad