साफ यू–२० च्याम्पियनसिप फुटबलअन्तर्गत श्रीलंकासँगको जारी खेलमा नेपालले अग्रता थप बढाएको छ । दोस्रो हाफको खेल चलिरहँदा नेपालले तेस्रो गोल गर्यो ।
८४औँ मिनेटमा नेपालका लागि मनग्य नकर्मीले सुन्दर गोल गरे । त्यसअघि कप्तान आशिष घलान र क्रितिसरत्न छुन्जुको गोलमा नेपालले श्रीलंकाविरुद्ध दुई गोल गरेको थियो ।
भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा जारी खेल नेपालको खेल पूर्ण नियन्त्रणमा देखिएको छ ।