१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ११ बुधबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ श्रावण ११ बुधबार १७:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राजा त्रिभुवन र महेन्द्रले प्रयोग गरेका तीन सवारीसाधन संग्रहालयको प्रदर्शनीमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ श्रावण ११ बुधबार १७:o५:oo

नारायणहिटी दरबार संग्रहालयमा राजाहरूले प्रयोग गरेका थप तीनवटा सवारीसाधन सर्वसाधारणका लागि प्रदर्शनीमा राखिएको छ । बुधबार स्व. राजा त्रिभुवन वीरविक्रम शाह र महेन्द्र वीरविक्रम शाहले प्रयोग गरेका थप तीनवटा सवारीसाधन प्रदर्शनमा राखिएको हो ।

पुराना सवारीसाधनको भौतिक मर्मत र रङरोदन गरेर सर्वसाधणका लागि प्रदर्शनीमा ल्याइएको छ । प्रदर्शनीमा राखिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले पूर्वराजपरिवारले प्रयोग गरेका सबै सामान व्यवस्थित रूपमा अवलोकनको लागि खुला गर्ने नीतिअनुसार आज तीनवटा सवारीसाधन सर्वसाधारणका लागि प्रदर्शनीमा राखिएको बताए । उनले स्व.राजा त्रिभुवन र महेन्द्रलाई उपहारस्वरूप प्राप्त भएको र उनको परिवारले प्रयोग गरेका गाडीहरू आजदेखि सर्वसाधारणले अवलोकन गर्न पाउने गरी खुला गरेको बताए । सचिव न्यौपानेले आगामी दिनहरूमा पनि यहाँ थप सामग्रीहरू अवलोकनका लागि राख्दै जाने बताए ।

संग्रहालयलाई थप व्यवस्थित बनाउन बजेट छुट्याइएको र संग्रहालय दरबार संग्रहालयका रूपमा सञ्चालन हुने प्रतिबद्धता जनाए । त्यस्तै, नारायणहिटी दरबार संग्रहालयका सूचना अधिकृत बुद्धि गुरुङले फोर्ड क्यानेडियन कम्पनीद्वारा निर्मित स्व. राजा त्रिभुवनले प्रयोग गरेको सवारीसाधन प्रदर्शनीमा राखिएको बताए । उनले स्व.राजा महेन्द्रले प्रयोग गरेको सवारीसाधन पनि प्रदर्शनीमा राखिएको जानकारी दिए । उनले राजाहरूले प्रयोग गरेका ४० वटा सवारीसाधन रहेको उल्लेख गर्दै आगामी दिनमा सबै सवारीसाधनलाई प्रदर्शनीमा राखिने बताए । 

आजबाट प्रदर्शनमा राखिएका तीनवटा सवारीसाधन स्व. राजा त्रिभुवन र स्व. राजा महेन्द्रले प्रयोग गर्नुभएका सवारीसाधन हुन् । एउटा त्रिभुवनले काठमाडौंमा सिकार खेल्ने बेलामा प्रयोग गरिएको हो भने अर्को त्रिभुवनको राजपरिवारका लागि प्रयोगमा ल्याइएको थियो । त्यस्तै, अर्को सवारीसाधन भने स्व. राजा महेन्द्रले प्रयोग गरेका थिए । जसलाई आजबाट नारायणहिटी दरबारमा सर्वसाधारणलाई अवलोकन गर्नका लागि प्रदर्शनीमा राखिएको छ ।