मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
साफ यू–२० च्याम्पियनसिप फुटबलमा सहभागी नेपाली टाेली ।
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण ११ बुधबार १२:०२:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

आज नेपाल र श्रीलंका भिड्दै, कसले मार्ला बाजी ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण ११ बुधबार १२:०२:००

साफ यू– २० च्याम्पियनसिप फुटबलअन्तर्गत आज नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दै छ । माल्दिभ्सविरुद्ध ४–० को सानदार जितपछि उच्च मनोबलका साथ नेपाल श्रीलंकाविरुद्धको खेलमा मैदान उत्रनेछ । 

भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा जारी प्रतियोगितामा नेपाल र श्रीलंकाबीचको खेल साँझ सवा ७ बजेबाट खेल सुरु हुनेछ । पहिलो खेलबाट स्पष्ट तीन अंक जोडेको नेपाल श्रीलंकासँग पनि स्पष्ट जितको खोजीमा छ । 

नेपालले सिनियर राष्ट्रिय टोलीको समेत अनुभव बटुलिसकेका आयुष घलानको कप्तानीमा प्रतियोगितामा भाग लिइरहेको छ । आजको खेलमा पनि नेपाली समर्थकले घलानका अतिरिक्त दीपेश गुरुङ, सुगम सुवाल, क्रितिशरत्न छुन्जु, मनग्य नकर्मी, गोलरक्षक ईश्वर गुरुङबाट उत्कृष्ट प्रदर्शनको आशा गरेका छन् । 

नेपालले तेस्रो खेलमा १५ साउनमा आयोजक भारतको सामना गर्नेछ । राउन्डरोबिनको अन्तिम खेल नेपालले १७ साउनमा बंगलादेशसँग खेल्नेछ । सहभागी पाँच टोलीको राउन्डरोबिनपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।